दफा २१
निर्णय र निर्देशनहरू दिने नेपाल सरकारको अधिकार
: (१) संस्थानकोकार्य सञ्चालनमा साधारण सभा तथा सञ्चालक समितिको बीच मत विभिन्नता हुन गएमा
यस्तो कुरा निर्णयार्थ नेपाल सरकारको समक्ष पेश गरिनेछ र नेपाल सरकारले त्यसमाथि दिएको निर्णय अन्तिम हुनेछ ।
(२) नेपाल सरकारले राष्ट्रिय हितको निमित्त उचित ठहराएमा संस्थानलाई देहायका कुराहरूको निर्देशनहरू दिन सक्नेछ र त्यस्ता निर्देशन पालन गर्नु संस्थानको
कर्तव्य हुनेछ ः-
(क) कुनै खास क्षेत्रमा निर्धारित सेवाको सञ्चालन गर्न वा अरू काम कारवाई गर्न वा,
(ख) संस्थानले गरी राखेको कुनै काम कुनै खास क्षेत्रमा वा सम्पूर्ण रूपमा बन्द गर्न वा त्यसमा कुनै फेर बदल गर्न वा,
(ग) संस्थानले गर्न आँटेको कुनै काम कुरा नगर्न ।